खेलकुद पुर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक
सिराज खान
नेपालगञ्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पुर्वाधार कार्यक्रम अन्तर्गत खेल पुर्वाधारको निर्माणलाई तिव्र पारिएको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी ६ स्थित जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्दै मन्त्री अथकले खेल पुर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससंगै प्रतियोगिता पनि नहुन सकेकोले पुर्वाधार निर्माणलाई विशेष ध्यान दिईएको बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तराष्टिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खोलाडीमा एक प्रकारको नयाँ जोश र उत्साह थपिएको बताउनुभय...









