मन्त्री राईले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको आज र डुडुवामा पक्की पुलको भोली शिलान्यास गर्ने
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बुधवार नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ भने भोली विहिबार डुडुवा ५ लालपुरस्थित डुडुवा नदमिा निर्माण गरिने पक्की पुलको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार सोही प्रयोजनका लागि मन्त्री राई बुधवार विहान गृह जिल्ला बाँके पुग्नु भएको छ ।
सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतीको लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडी बढेको हो । कुल ३५ किलोमिटर सडक फोरलेन स्तरोन्नती गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले बुधवार दिउँसो ३ बजे शिलान्यास गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले बताउनुभयो ।
खजुरारोड स्थित नन्दनी मिल नजिक शिलान्यास कार्य...









