नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी
११ महिनादेखि भत्ता र चार महिनादेखि तलब नपाएको गुनासो
सिराज खान
नेपालगञ्ज, जेठ १३ । चार महिनादेखि तलव र एघार महिनादेखि भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको आन्दोलन जारी रहेको छ ।
विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रवार पनि आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको पहिलो दिन विहीबार चिकित्सकहरुले अस्पताल प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रवार पनि सो धर्नालाई जारी राखेका हुन् ।
एघार महिनादेखि भत्ता नपाएको र चार महिनाको तलब नपाएकोले सो माग गर्दै गत दुई दिनदेखि हातमा कालो पट्टी बाँधेर अस्पताल प्रशासन कार्यालय अगाडी धर्ना बस्दै आएको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो ।
उहाँले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि हाललाई आन्दोलन जारी राखिएको जनाउँदै अस्पताल प्रशासनले सुनु...









