कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज ११ का तीन जनालाई कारबाट ठक्कर दिएर ज्यान लिने गरि गराईएको दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ । बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएर मार्ने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाईएको छ ।
२०७८ चैत २७ गते धम्बोझी चोक नजिकै थापाले चलाएको कारले ठक्कर दिएर किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली अन्सारीको मृत्यु भएको थियो । सो घटनामा कानुनी कारबाहीमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले विहिबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
यसअघि मृतकका आफन्त र सर्वसाधारणले समेत उनलाई हत्या आरोपमा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए ।
बाँके जिल्ला अदालतमा वि...









