नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने
सिराज खान
नेपालगञ्ज, फागुन १२ । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम ग...









