भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो ।
यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो ।
उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार...









