जनताको अधिकार खोसेर रैती बनाउने षडयन्त्र हुँदैछ–पुर्वमन्त्री राई
समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो ।
बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो ।
धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि म...









