माओवादी केन्द्रबाट उम्मेदवार बनेका अकल बम र कश्मिरा खातुनप्रति जनसमर्थन बढ्दैछ
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । चुनावको मिति नजिकिदै गर्दा माओवादी केन्द्र बाँके क्षेत्र नं.२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमप्रति जनताको आकर्षण बढ्दै गएको छ । माओवादी केन्द्रको निति र सिद्धान्तकै कारण देश धर्मनिरपेक्ष हुनुका साथै समावेशी र समानुपातिक समेत भै सबै धर्म र जातजातीलाई अधिकार प्राप्त भएकोले माओवादीको उम्मेदवारलाई जनसमर्थन बढ्दै गएको छ ।
माओवादी केन्द्रकै कारण नेपालले नयाँ संविधान पाएको र सो संविधानकै कारण सबैले समान अधिकार पाएकोले माओवादीका उम्मेदवारलाई जिताउन आवश्यक रहेको नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले बताउनुभयो । उहाँले अधिकारबाट बन्चित र पछाडी पारिएकालाई अगाडी ल्याउने काम माओवादीले नै गरेकोले माओवादीप्रति जनसमर्थन धेरै रहेको बताउनुभयो । निम्नवर्ग र गरिब जनताले माओवादीलाई अतिनै माया र समर्थन गरिरहकोले माओवादीले बाँके २ मा राम्...









