पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश
समाचारदाता
नेपालगञ्ज, कात्तिक ६ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई समर्थन गर्दै उहाँलाई विजयी बनाउन विभिन्न दलहरु परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ ।
माओवादी र काँग्रेसबाट धेरैजना नेता कार्यकर्ताले जसपा प्रवेश गरिरहेकै बेला शनिवार एमालेबाट वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार नफिस अन्सारी र एमालेका पुराना नेता लतिफ अन्सारीसहित दर्जनौ नेता कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् ।
सोही प्रकारले नेपाली काँग्रेस परित्याग गरेर उबेद कुरेशी र राप्रपा परित्याग गरेर सिखर ईराकीले पनि जसपामा प्रवेश गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवार बनेर थोडै मतको अन्तरले पराजित भै दोस्रो स्थानमा रहनु भएका नफिस र एमालेका पुराना नेता लतिफसहित काँग्रेसका उबेद र राप्रपाका सिखर लगायतलाई पुर्वमन्त्री राईले पार्टी प्रवेश गराए ।
...









