राजनीति

संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीको जित अपरिहार्य

संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीको जित अपरिहार्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असोज ३ । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने...
एमाले बाँकेद्धारा निर्वाचन लक्षित दुई महिने अभियान सञ्चालन

एमाले बाँकेद्धारा निर्वाचन लक्षित दुई महिने अभियान सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३१ । नेकपा एमाले बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले अभियानको नेपालगञ्जस्थित पार्टी कार्यालयमा उदघाटन गरेर गएपछि अभियानलाई तिव्र पािरएको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले जनाउनुभयो । उहाँका अनुसार महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई झोला र डायरी हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नु भएको थियो । सो अभियान अन्तर्गत गाउँ गाउँमा पुगेर जनतालाई एमालेको पक्षमा मतदान गर्न आग्रह गरिने र कार्यकर्तालाई सक्रिय पारिने केन्द्रिय सदस्य हलवाईले बतानउुभयो । नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार, बिहिवार जिल्लास्तरीय कार्यकर्ता भ...
मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ । विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो । वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो । मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम...
एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, भदौ ३० । एमाले बाँकेले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट संघ र प्रदेशमा प्रयक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा आएका सबै आकंक्षीको नाम सिफारिस गरेको बताउनु भएको छ । एमाले बाँकेले एक विज्ञप्ति जारी गर्दै सिफारिसमा परेका सबै आकंक्षीको नाम सार्वजनिक गरेको जनाएको छ। विज्ञप्ति अनुसार निर्वाचन क्षेत्र नं १ बाट संघका लागि सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा, बलराम भट्टराई र कृष्णाकुमारी चालिसेको नाम सिफारिसमा परेको छ । त्यस्तै निर्वाचन क्षेत्र १ क प्रदेशबाट परशुराम थारु, रामकुमार दीक्षित, तीर्थराज डांगी, विक्रम यादव, सोहनलाल यादव र खुमा डाँगीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र १ ख बाट दुर्गाप्रसाद चौधरी, नरेन्द्र शर्मा, गोपल गिरी, सूर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, वि...
मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
विकासका काम देखेर विकासविरोधीहरु अत्तालिएका छन्–मन्त्री राई सिराज खान नेपालगन्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि नेपालगञ्जमा शिलान्यास गर्दै सो बताउनु भएको हो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, सहरी विकास मन्त्री भएको बेला र त्यसअघि पछि पनि आफुले शिलान्यास गरेका सबै योजना मध्ये केही पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । आफुले शिलान्यास गरेको कुनै पनि योजना अलपत्र नपरेको दावी गर्दै उहाँले यस पटक शिलान्यास गरिएका सबै योजना पनि छिटै शुरु हुने र निर्धारित समयमा पुरा हुने दावी गर्नुभयो । विकास विरोधीहरुले धर्मको नाममा जनालाई विभाजित गर...
मन्त्री राईले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको आज र डुडुवामा पक्की पुलको भोली शिलान्यास गर्ने

मन्त्री राईले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको आज र डुडुवामा पक्की पुलको भोली शिलान्यास गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बुधवार नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ भने भोली विहिबार डुडुवा ५ लालपुरस्थित डुडुवा नदमिा निर्माण गरिने पक्की पुलको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार सोही प्रयोजनका लागि मन्त्री राई बुधवार विहान गृह जिल्ला बाँके पुग्नु भएको छ । सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतीको लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडी बढेको हो । कुल ३५ किलोमिटर सडक फोरलेन स्तरोन्नती गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले बुधवार दिउँसो ३ बजे शिलान्यास गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले बताउनुभयो । खजुरारोड स्थित नन्दनी मिल नजिक शिलान्यास कार्य...
मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, भदौ २८ । मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमुख प्रशासकिय अधिकृत खरालले मंगलबारदेखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्नु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको थियो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आउनु भएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो । कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गर्नु भएका खरालले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिक...
मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ । शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...
बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ । विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् । वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ । बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका ...
सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २२ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले जनताप्रति जवाफदेही भएको जनाउँदै आफु निर्वाचित भएको एक सय दिनको कार्य प्रगति विवरण सार्बजनिक गर्नु भएको छ। यसरी सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने बाँके जिल्लामानै उहाँ पहिलो जनप्रतिनिधी पनि बन्नु भएको छ । आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उहाँले आफु निर्वाचित भएर काम गर्न शुरु गरेको सय दिन पुरा भएको अवसरमा आफ्नो नेतृत्वमा गरिएको रचनात्मक कामलाई १६ बुँदामा लिपिबद्ध गरेर बुँदागत रुपमा सार्वजनिक गर्नुभयो । अध्यक्ष पुनद्धारा सार्वजनिक गरिएको उक्त कार्यविवरणमा विशेष गरेर शिक्षा, स्वास्थ्य, वृक्षारोपण, सरसफाई र विविध रहेका छन् । वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा नेपालगन्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय नेपालगन्ज कन्या मावि र अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पाँच दिने बिद्या...