मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई
नेपालगञ्जपाटी समाचारदाता
नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शुक्रवार विहान नेपालगञ्ज पुग्नुभयो । तेस्रो पटक मन्त्री बनेपछि दोस्रो पटक गृहनगर आउनु भएका उहाँलाई दिनभरि भ्याईनभ्याई रह्यो ।
जहाजबाट ओर्लिने वित्तिकै दर्जनौ कार्यकर्तासहित सिधै महेन्द्र पुस्तकालयको कार्यक्रमका लागि हिड्नु भएकोमा बागवान साइकलका सञ्चालक शरिफ बागवानले बाटोमै उहाँलाई छोप्नुभयो र चिया खुवाएर विदा गर्नुभयो ।
महेन्द्र पुस्तकालयको कार्यक्रम उद्घाटन गरेर जुमाको नमाजका लागि एकलैनी नजिकको जामा मस्जिद पुग्नु भएका मन्त्री राईसंग सयौं मानिसले त्यहाँ भेट गर्ने र आफ्नो कुरा राख्ने अवसर पाए । यो क्रम करिब २ घण्टा चल्यो ।
नमाजपछि मात्र आफ्नो घर पुगेपछि त्यहाँ पनि दर्जनौ शुभचिन्तक र कार्यकर्ताको भिड थियो । उनिहरुसंग पनि केही बेर उहाँले भलाकुसारी गर्नुभयो । धेरैको समस्या...









