नेपालगन्ज निवासी पुर्व न्यायधिश सिद्दिकी नेकपा एसमा प्रवेश
समाचारदाता
नेपालगन्ज, भदौ १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुनुहुन्छ । उहाँ न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न हुनुहुन्छ ।
मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिनुभयो ।
सोही कार्यक्रममा नेपालगन्ज निवासी डा तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गर्नु भएको छ । उहाँ आर्कीटेक्ट विषयमा पीएच डी गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएक...









