राजनीति

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १७ फागुन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले शहीद सप्ताह अन्तर्गत नेपालगन्जमा शहीद परिवारलाई सम्मान गरेको छ । जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा सहीद भिपण रोकायका बहिनि सारदा रोकाय, सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा, शहिद भिएल बुढा रोशनकी श्रीमती कमला पंन्त, सहिद रमिता मल्लकि आमा मिना मल्ल, सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली, शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल लगाएत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा शहीद परिवारले शहीदले जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए । उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको कार्...
प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १७ । बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको टोली सो ठाउँमा पुगेर उक्त बमलाई निस्क्रिय पार्ने कार्य शुरु गरेको छ । मंगलवार विहान ७ बजे खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडि मुख्य राजमार्गमा प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । स्थानीयहरुले पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो जानकारी पाउने वित्तिकै प्रहरीले त्यहाँ पुगेर त्यस स्थानलाई घेराबन्दी गरेको थियो भने नेपालगन्जबाट नेपाली सेनाको बम डिस्पोजल टोली विहान १० बजे सो ठाउमा पुगेर बम डिस्पोज गर्ने प्रक्रियामा लागेको स्थानीयले बताएका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले पनि सेनाको ...
हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षका केन्द्रिय नेताहरुले विवादस्पद बयान दिएपछि स्थानीय नेता कार्यकर्ता अन्यौलमा परेका छन् । बाँकेबाट केन्द्रिय सदस्य बन्नुभएका मैकुलाल बाल्मिकीले प्रदेश वनमन्त्री सुरेन्द्र बहादुर हमाललाई देउवा पक्षको आधिकारिक उम्मेदवार बताउनु भएको छ भने पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले हमाल र बादशाह कुर्मी दुबैजना देउवा पक्षका आधिकारिक उम्मेदवार भएको बताउनु भएको छ । यहाँकाट केन्द्रमा गएका दुबै नेताले फरक फरक कुरा गरेपछि सो पक्षका मतदाता अन्यौलमा परेको मतदाताले बताएका छन् । केन्द्रिय सदस्य बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न निर्देशन दिनु भएको बाल्मिकीले बताउनुभयो । महतले सभापति शेरबहादुर देउवा, उपस...
एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । एमसीसीको विरुद्धमा विभिन्न ८ दलले गरेको सोमवारको नेपाल बन्द सकिएको छ । सो बन्दका कारण बाँकेको यातायात, शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायतको क्षेत्र प्रभावित भएको थियो । एमसीसीको विरोध गर्दै बाँकेमा बन्द गर्दै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बाँकेमा सोमबार बन्द गराउँदै हिँडेका ५ जनालाई नियन्त्रणमा लिइएको हो । संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न साना ८ दलले नेपाल बन्दको आब्हान गरेका थिए । नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले नेपाल बन्द आह्वान गरेका थिए । प्रहरीका अनुसार बन्दको बाँकेका बजारमा खासै प्रभाव परेको थिएन । पूर्वपश्चिम महेन्द...
नेपाल–भारत जमुनाहा नाका सोमवार विहानसम्मका लागि पुर्ण रुपमा बन्द गरियो

नेपाल–भारत जमुनाहा नाका सोमवार विहानसम्मका लागि पुर्ण रुपमा बन्द गरियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । शुक्रवार बेलुका ६ बजेदेखि यहाँस्थित नेपाल भारत जमुनाह नाका ६० घण्टाका लागि पुर्ण रुपमा बन्द गरिएको छ । बाँकेसंग जोडिएका सीमानापारीको बहराइच, श्रावस्ती लगायतका जिल्लामा आइतवार विधानसभाको निर्वाचन रहेकोले सुरक्षा दृष्टिकोणले सो नाकालाई बन्द गरिएको दुबै देशका सुरक्षा अधिकारीले बताएका छन् । आइतवार फागुन १५ गते सीमावर्ति जिल्लामान निर्वाचन हुने भएको हुँदा शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीका अनुसार दुवै देशका सीमा सुरक्षा अधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर नाकामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै प...
बाँके काँग्रेसको सभापतिकालागि चार जनाको उम्मेदवारी, कोइराला पक्ष ढुक्क

बाँके काँग्रेसको सभापतिकालागि चार जनाको उम्मेदवारी, कोइराला पक्ष ढुक्क

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत फागुन १९ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य शुक्रवार सम्पन्न भएको छ । जिल्ला सभापतिका लागि प्रदेश वनमन्त्री सुरेन्द्र हमाल, वादशाह कुर्मी, सुनिल नरसिंह राणा र नारायण गौडेलसहित चार जनाले उम्मेदवारी दर्ता गएको निर्वाचन समितिले जनाएको छ । चार जनाले उम्मेदवारी दिएपछि कोइराला पक्षका उम्मेदवार गौडेल आफ्नो जितप्रति ढुक्क देखिएका छन् । उम्मेदवारी दिनेहरु मध्ये गौडेल कोइराला समुहका हुनुहुन्छ भने अन्य तीन जना संस्थापन समुहका हुनुहुन्छ । संस्थापन समुहले एकजना मात्र उम्मेदवार दिने धेरै प्रयास गरेपनि तीनै जनाले नमानेपछि सबैले उम्मेदवारी दिएका हुन् । शनिवारसम्म उम्मेदवारी फिर्ता लिन सकिने हुँदा अझैपनि दुई जनालाई फिर्ता गर्न लगाउने प्रयास भैरहेको बताईएको छ । जिल्ला निर्वाचन अधिकृत एवम् अधिवक...
ईन्सेकद्धारा मानवअधिकार रक्षकहरुको सुरक्षा तथा संरक्षणबारे छलफल

ईन्सेकद्धारा मानवअधिकार रक्षकहरुको सुरक्षा तथा संरक्षणबारे छलफल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १२ । ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बिहीबार नेपालगन्जमा मानवअधिकार रक्षकहरुको सुरक्षा तथा संरक्षण विषयक अन्तरक्रियामा उक्त विधेयक मस्यौदामाथि बृहत छलफल गरेकोछ । सरोकारवालाबीचको ब्यापक छलफल तथा प्राप्त सुझावका आधारमा उक्त प्रदेश मानव अधिकार रक्षक विधेयक– २०७८ लाई अन्तिम स्वरुप दिएर लुम्बिनी प्रदेश सरकारलाई बुझाउने ईन्सेकले जनाएको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज ईजलासका वरिष्ठम् न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्दले उक्त विधेयक मस्यौदालाई सार्वजनिक गर्दै सहभागिहरुबाट सुझाव, सल्लाह र ब्यापक छलफल गर्नुभयो । सोक्रममा मानव अधिकार रक्षक तथा अभियन्ताले प्रदेशमा बन्ने मानव अधिकार रक्षक विधेयक संशोधन गर्दै थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल बार एशोसियसनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्...
भारत लैजान लागेको तीन किलो चरेससहित तीनजना जमुनाहमा पक्राउ

भारत लैजान लागेको तीन किलो चरेससहित तीनजना जमुनाहमा पक्राउ

ताजा-अपडेट, राजनीति, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ । बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरास...
एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि को विरुद्धमा नेपालगन्ज विपिचोकमा राप्रपाले  विरोध प्रदर्शन गरेको छ । राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा विहिबार नेपालगन्ज बिपिचोकमा विरोध प्रदर्शन गरिएको राप्रपाका सहमहामन्त्री रिसिराज देवकोटाले बताउनुभयो । उहाँले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताउनुभयो । विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित विपिचोकमा प्रदर्शन गरेका थिए । त्यस्तै सो विरोधसभामा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिए...
नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, फागुन १२ । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ । उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम ग...