माओवादी नेपालगञ्जले उम्मेदवार छनोटका लागि उपमहानगरमा जनमत सर्वेक्षण गर्ने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार छनोट लगायत पार्टीको अवस्था बुझ्न उपमहानगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने निर्णय गरेको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती समेत निर्माण गरिएको छ ।
माओवादी नेपालगन्ज उपमहानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको नगर अध्यक्ष रतन शाहीले जानकारी दिनुभयो । नगरभित्र आफ्नो पार्टी तथा अन्य पार्टीको राजनैतिक अवस्था र पोजिसनका बारेमा जनमत बुझ्न तथा सोही अनुसार निर्वाचन लक्षित रणनीति तैयार पार्न यस्तो निर्णय गरिएको शाहीले बताउनुभयो ।
शाहीका अनुसार बैठकले उपमहानगरभित्रका जनबर्गिय संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टीको उपमहानगर कमिटीका अध्यक्षसहित १११ जनाको मुल निर्वाचन परिचालन कमिटी न...









