एमसीसी विरुद्धको बन्दले नेपालगञ्जमा यातायात र विद्यालय बन्द, प्रहरीद्धारा धरपकड जारी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसिसीको बिरोधमा बुधवार पाँच दलद्धारा गरिएको नेपाल बन्दको प्रभाव बाँकेमा पनि देखिएको छ । बन्दका कारण नेपालगञ्ज लगायत बाँकेमा यातायात सबैभन्दा बढी प्रभावित भएको छ भने विद्यालयहरु पनि बन्द भएका छन् । केही ठाउँमा बजार र पसल पनि बन्दकर्ताले बन्द गराएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको आहवान गरेका छ ।
नेपालगन्जमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि गाडी गुडेका छैनन भने बिद्यालय पनि ठप्प रहेका छन । बजार सामान्य खुलेको छ भने रिक्सा, मोटरसाइकल तथ...









