राजनीति

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ । सामाजिक सञ्जाल मार्फत मेयरका उम्मेदवार राईले गराउनु भएको जानकारी अनुसार भारतको उत्तरप्रदेशको राजधानी लखनउसंग नजिक रहेको र नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे को रुपमा रहेको नेपालगञ्जलाई देशभरिमै उदाहरणीय सहर बनाउने प्रतिवद्धता गर्नु भएको छ । उहाँले नेपालगञ्ज सहरलाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ । मेयरका उम्मेदवार राईले भेरी अस्पताललाई शिक्षण अस्पताल र भेरी प्राविधिक शिक्षालयलाई ईन्जिनियरिंग कलेजका रुपम...
लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

ताजा-अपडेट, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २० । लागु औषध सेवन र कारोबार रोक्न अभियाननै सञ्चालन गरेर एकसनमा उत्रिएको बाँके प्रहरीको अपरेसन निरन्तर जारी रहेको छ । प्रहरी सक्रियतालेनै दिनदिनै लागु ओषध कारोबारीहर पक्राउ पर्दै आएका छन् । तर पनि ओसार पसार र कारोबार भने जारी नै रहेको छ भने प्रहरीले पनि दैनिकजसो पक्राउ गरेर उनिहरुलाई ठीक पार्ने अभियान जारी नै राखेको छ । सोही क्रममा विहिबार बाँकेको नेपालगञ्जबाट प्रहरीले ३६ ग्राम लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपानेले नेपालगञ्ज उपमहानगरपालिका ७ गगनगञ्जबाट बिहिबार दुई पटक गरेर ३६ ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको बताउनुभयो । उहाँले दिउँसो करिब सवा ३ बजेको समयमा गगनगञ्ज बस्ने आदित्य श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगर ल्याएर बेचबिखन भईरहेको भन्ने गोप्य सूचन...
कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, माघ १३ । नेपाली कांग्रेसभित्रको गुटबन्दीमा तत्कालीन सभापति सुशील कोइराला समूहको पेलानमा परेर किनारामा पुगेका बाँकेका पुराना नेता युवराज शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । शर्मा तिनै नेता हुन्, जो कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा सभापति हुँदा उपसभापति थिए । यति लामो राजनीतिक इतिहास भएर पनि अन्तरपार्टी संघर्षमा उनी सधैँ बहुमत पक्षको पेलानमा परिरहे । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको पक्षपाती शर्मा कांग्रेसका त्यागी नेताका रूपमा पश्चिम नेपालमा परिचित छन् । नेता शर्मा २०२४ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल परे । दर्जनौं पटक पक्राउ परे पनि प्रजातन्त्र स्थापनाका लागि लड्दै आएका उनी २०३० सालमा भूमिगतकालमै बाँके कांग्रेसको सचिव भएका थिए । उनी लामो समय शिक्षक पनि रहे । बेतहनी विद्यालय, खजुरा आदर्श मावि र महेन्द्र माविमा पनि उन...
पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, माघ १३ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको सिफारिसमा बाँकेको डुडुवा गाउँपालिकामा २५ करोडको सडक निर्माँण प्रक्रिया शुरु गरिएको छ । विकास प्रेमी नेताका रुपमा परिचित पुर्वमन्त्री तथा सांसद राईले संघीय भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्नु भएकोले रणनितिक सडक सञ्जाल योजना अन्तर्गत डुडुवामा ठुलो लागतको सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयको रणनितिक सडक सञ्जाल योजनामा रहेको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक योजना अन्तर्गत बांके जिल्लाको डुडुवा गांउपालिकाको गन्धैली नाला देखि जाफरपुर्वा बेतहनी अमृतपुर्वा दासपुर्वा कैरातीपुर्वा कोल्ही हुंदै रमपुर्वा डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपियाँको टेण्डर आहवान गरिएको जनता समाजवादी पार्टी बाँकेले जनाएको छ । ...
गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका लागि विरोध भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताए । कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ, उनले भने(ूहृदयगत एकता र आत्मीयता आजभोली हराएको हो कि जस्तो लागेको छ, अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ । उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । पत्रकारहरुको जिज्ञासाम...
बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँच गर्दा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो । महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेकोलाई पक्राउ गरिएको यो पहिलो घट्ना बताईएको छ । ती महिलाले औषधीका लागि लैजान लागे बताएको पनि श्रोतले जनाएको छ ।...
कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र अधिकांशमा कोभिडका लक्षण देखिएकोले सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको र धेरैलाई लक्षण देखिएकोले अर्को सुचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनु भएको छ । सुचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाका काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्या...
बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ । पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३...
प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १० । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीमा कार्यरत प्रहरी इन्स्पेक्टर सुरज खत्री पुस महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । उहाँ केही समय अगाडी जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत कार्यरत रहनु भएको थियो । बाँकेमा रहँदा समेत उहाँले उत्कृष्ट कार्य गर्नु भएको थियो । सुचना प्रवाहसंगै जनसम्पर्क र अपराध अनुसन्धान र नियनत्रणमा उहाँले बाँकेका उत्कृष्ट कार्य गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर खत्रीसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो । इन्स्पेक्टर खत्रीसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी क...
नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ८ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का निर्वाचित वडा सदस्य जाफर अन्सारीको शनिवार एक्कासी अकस्मात निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य एवम् नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का वडा सद्स्य अन्सारीको निधन हृदयघातका कारण भएको पारिवारिक श्रोततले जनाएको छ । अन्सारीलाई एक्कासी समस्या भएपछि नेपालगन्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उहााको निधन भएको वडा नम्बर ३ का अर्का वडा सदस्य नफीस अन्सारीले बताउनुभयो । उहाँले अन्सारीको शनिबार साँझ ४ बजेर ५० मिनेटमा ४८ बर्षको उमेरमा निधन भएको बताउनुभयो । नेपालगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति आफु लगायत सम्पुर्ण वडाका वासिन्दा स्तब्ध भएको जनाउँदै श्रद्धान्जली व्यक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रल...