राजनीति

कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा बुधवार प्रहरीको तालिम प्राप्त कुकुरसहितको बिशेष टोलीले नेपालगञ्जका केही संवेदनशिल स्थानहरुमा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दिनु भएको जानकारी अनुसार प्रहरीको तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत जमुनाहा नाका र नेपालगञ्ज विमानस्थलमा एक्कासी चेक जाँच गरेको हो । डग हेन्डलरसहितको टोलीले एक्कासी नाका र विमानस्थलको चेक जाँच गरिनुलाई कुनै गैरकानुनी काम गर्नेको आवागमनको खबर प्रहरीले पाएको आशंका गरिएको छ । खुला नाका भएका कारण भारतबाट आउने र विमानबाट जाने वा विमानबाट आउने र भारततर्फ जानेमाथि विशेष निगरानी राख्ननै सो चेकजाँच गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी प्रहरीले यसलाई कहिलेकाँही गरिने अकस्मात चेकिंग बताएको छ । भ...
बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
६ महिनामा ९ करोड राजस्व संकलन, ठुलो परिमाणमा लागु औषध र चोरी तस्करीका सामान नियन्त्रणमा सिराज खान नेपालगञ्ज, माघ ४ गते । विभिन्न गैर कानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरीले वितेको ६ महिनामा गरेको प्रगति विवरण मंगलवार सार्वजनिक गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता डीएसपी मधुसुदन नयौपानेले ६ महिने उपलब्धीहरु पत्रकार समक्ष सार्वजनिक गर्नुभयो । गत ६ महिनाको अवधीमा बाँके प्रहरीले लागु औषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलंघन नियन्त्रण र गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । उहाँले गत ६ महिनाको अवधीमा जिल्लामा प्रहरीलाई हालसम्मकै...
मोटरसाइकल चोरी गरेर भारत लेजाँदै गरेका एक जना पक्राउ

मोटरसाइकल चोरी गरेर भारत लेजाँदै गरेका एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २ । बाँकेको नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर भारत लैजादै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान करिब ८ बजेर ४० मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका १४ गोसाईपुर्वाबाट चोरी गरेर भारत लैजादै गरेको भे२प८६९५ होण्डा साईन मोटरसाइकल सहित एक जनालाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहले दिएको जानकारी अनुसार बिहान मोबाईल मार्फत खबर आए पश्चात् मोटरसाइकल चोरी गरेर भारत लैजादै गरेका नेपालगन्ज १४ गोसाईगाउँका समही कोरीलाई गोसाईपुर्वाबाट करिब ४०० मिटर पुर्व तर्फबाट पक्राउ गरिएको हो । पक्राउ परेका कोरी संग एक थान सादा मोबाईल समेत बरामद गरेर आवश्यक प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
शिक्षा र स्वास्थ्य सम्बन्धी नागरिक संवाद कार्यक्रम सम्पन्न

शिक्षा र स्वास्थ्य सम्बन्धी नागरिक संवाद कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ३० । युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा बिहिबार नेपालगंज उपमहानगरपालिका वडा नं ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन नागरिक संवाद सहजीकरण कार्यक्रम आयोजना गरिएको थियो । वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले किशोरीहरुलाई लक्षित गरी संचालन गरिएको कन्या माविमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने र दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम वडाको पहलमा भईरहेको बताउनु भयो । उहाँले नागरिकहरुबाट आएको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष बेहनाले बिपन्न तथा जेहनदार किशोरीहरुलाई आफनो व्यक...
जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २९ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई ५० थान कम्बल सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चिसोले थुनुवाहरु बिरामी पर्न थालेपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको पहलमा थुनुवाहरुलाई कम्बल वितरण गरिएको हो । हाल बढिरहेको जाडो तथा मौसम परिवर्तनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयमा रहेका ५० जना थुनुवालाई कम्बल वितरण गरिएको बाँकेका प्रहरी प्रवक्ता र्डीसपी न्यौपानेले बताउनुभयो । सो कम्बल जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन कक्ष बाँकेको सहयोगमा उपलब्ध गराईएको पनि उहाँले बताउनुभयो । यसअघि रेडक्रस सोसाइटी बाँके मार्फत बाँके कारागारका कैदीबन्दीलाई पनि ३० थान कम्बल हस्तान्तरण ...
सीमापारीबाट लागु औषध भित्रयाउने कार्य जारी, प्रहरी सक्रियताले दिनदिनै फक्राउ

सीमापारीबाट लागु औषध भित्रयाउने कार्य जारी, प्रहरी सक्रियताले दिनदिनै फक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २८ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि सीमापारी खुला रुपमा खरिद गर्न पाईने भएकोले लागु औषधको ओसार पसारमा कुनै पनि कमी आएको छैन । प्रहरी सक्रियताकै कारण दिनदिनै यहाँस्थित नमुनाहा नाका र अन्य ठाउँहरुबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर र अन्य ट्याबलेट र पेय पदार्थहरु नियन्त्रणमा लिने काम भैरहेको छ । प्रहरीले सक्रियता नदेखाएको भए धेरै बढी मात्रामा लागु औषध लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुमा पुग्ने थियो जसले गर्दा सयौं युवाको जिवन बर्बाद हुने थियो । तर, प्रहरीले देखाएको सक्रियता र तदारुकताकै कारण भारतबाट ल्याईएको धेरै लागु पदार्थ नाकामै वा नेपालगञ्ज बजारमा पुगेर प्रहरीको नियन्त्रणमा आउने गरेको छ । पछिल्लो पटक फेरी बाँकेका फरक फरक स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १५ स्थित सीमा नाका जमुनाहबाट प्रहरीले लागूऔषधसहित दुई ...
बाघ नियन्त्रणमा लिन प्राविधिक टोली राप्तीपारीको जंगलमा सक्रिय, आज रातभरी जंगलमै बस्ने

बाघ नियन्त्रणमा लिन प्राविधिक टोली राप्तीपारीको जंगलमा सक्रिय, आज रातभरी जंगलमै बस्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस २८ गते । बाँकेको राप्तीपारीमा आतङ्क मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नियन्त्रणमा लिने प्रयास थालेको छ । बाघलाई खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिकहरु अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखी करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले जानकारी दिनुभयो । बाघको पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएको जनाउँदै बाघ नियन्त्रणको कार्य गरिरहेको उहाँले बताउनुभयो । खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति...
डुडुवाका जेष्ठ नागरिकलाई कम्बल र च्यवनप्राश वितरण

डुडुवाका जेष्ठ नागरिकलाई कम्बल र च्यवनप्राश वितरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २७ । चिसो र शितलहरका बेला जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन बाँकेको डुडुवा गाउँपालिकाले न्यानो सामाग्री वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो । त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागू गरेको भन्दै अब डुडुवाका कुनै पनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ शैयाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धि...
एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । दुई दिनको अथक प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि आइतवार मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिनु भएको थियो । ‘निरक जीले उम्मेदवारी फिर्ता लिनु भयो, त्यसपछि बल्ल कक्षपति अध्यक्षमा निर्विरोध अध्यक्ष बन्नु भयो ।’ निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले भन्नुभयो । शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि कक्षपति आइतवार साँझ ४ः३० बजे मात्र सर्बसम्मत अध्यक्ष बन्नु भएको हो । उपाध्यक्षमा यसअघि नै डिल्ली बीसी निर्विरोध निर्वाचित भैसक्नु भएको छ भने सचिवमा रत्न खत्री पनि सर्वसम्मत निर्वाचि...
बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । बाँकेको गनापुरबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोसहित पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले आइतवार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको बताउनुभयो। पेस्तोलसहित पक्राउ परेका कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धन भइरहेको डिएसपी खनालले बताउनु भएको छ । उहाँले सो पेस्तोल किन र कसरी ल्याईएको भन्ने बारेमा पनि अनुसन्धान भैरहेको बताउनुभयो ।...