२६ बैशाख २०८१, बुधबार

राजनीति

तिंकरको प्रहरी छांगरु झर्‍यो, चीनसंगको नाका सुरक्षाविहीन

तिंकरको प्रहरी छांगरु झर्‍यो, चीनसंगको नाका सुरक्षाविहीन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नरेन्द्रसिंह कार्की, रासस दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ ९कुञ्चा०सर्ने तयारी भएको व्याँस गाउँपालिका(१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा ...
एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे  सात लाख रुपियाँ संकलन

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे सात लाख रुपियाँ संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ । देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ । संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको निधन

नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको निधन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको आइतवार विहान निधन भएको छ । नेपालगन्ज २२ पुरैनी निवासी ७६ वर्षिय राणाको निधन काठमाण्डौमा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ । जिल्ला बिकास समिति बाकेका पुर्ब सभापति रहनु भएका काङ्ग्रेस नेता राणाले प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागिता देखाउनु भएको थियो । जिल्लाको भूगोल लगायत समग्र अवस्था बारे राम्रो दखल राख्ने राणा असल, बिकासप्रेमी नेताका रुपमा परिचित हुनु हुन्थ्यो । उहाँको निधनमा विभिन्न व्यक्ति र संघसंस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालगञ्जपाटी परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।    ...
बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए । श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो । उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो । प्रवचन ...
बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो । करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ । एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्...
जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
रासस जाजरकोट, १९ कात्तिक । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सात जना घाइते भएका छन् । दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ । रासस...
यस बर्ष भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेटमा

यस बर्ष भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेटमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । यस बर्षको भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ । शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार कात्तिक १७ गतेदेखि सुरु भएको थियो । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो । भाइटीकाका लागि टाढाका दिदी बहिनीहरु दाजु भाइको घरमा पुग्न थालेका छन् भने नजिककाहरु शनिवारनै पुग्ने छन् ।...
कोहलपुर १४ नम्बर वडा कार्यालयद्धारा एम्बुलेन्सका लागि देउसी भैलो टोलीलाई एक लाख सहयोग

कोहलपुर १४ नम्बर वडा कार्यालयद्धारा एम्बुलेन्सका लागि देउसी भैलो टोलीलाई एक लाख सहयोग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । कोहलपुर नगरपालिका वडा नम्बर १४ का युवाले देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेर देउसी भैलो खेलिरहेका छन् । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जगेर्ण गर्दै एम्बुलेन्सका लागि देउसी भैलो खेलेको जनाएको छ । पहिलो दिन लक्ष्मी पुजाको अवसर पारेर कोहलपुर नगरपालिका वडा नं १४ वडा कार्यालयबाट आफनो देउसी भैलो कार्यक्रम शुरु गरेका उनिहरुले यस पटक एम्बुलेन्सका लागि भैलो खेलिरहेको जनाएका छन् । सो देउसी भैलो कार्यक्रम वडा नं १४ का वडा अध्यक्ष टेक चन्द्र हरिजनले ब्यानर वाचन गरि उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्नु हुदै हरिजनले सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभयो र एम्बुलेन्स खरिद गर्नको लागि भैली टिमलाई वडा कार्यालयबाट १ लाख रुपियाँ दिने घोषणा समेत गर्नुभएको छ । संस्थाका सल्लाहकार मन बहादुर गुरुङ्गले सा...
लक्ष्मीपुजाका दिन राजापुरका बाढी प्रभावित महिलाले पाए डिगनिटी किट

लक्ष्मीपुजाका दिन राजापुरका बाढी प्रभावित महिलाले पाए डिगनिटी किट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १८ कात्तिक । बेमौसमको वर्षाले गर्दा आएको बाढीबाट अत्याधिक प्रभावित भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ का २५ जना महिलाले लक्ष्मीपुजाकै दिन विहिबार डिगनिटी किट पाएका छन् । बाँके युनेस्को क्लबले स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत बाढीबाट अति प्रभावित ती महिलाले राहात स्वरुप डिगनिटी किट पाएका हुन् । वडा नम्बर १ मा आयोजित एक कार्यक्रममा सो वडाका वडा अध्यक्ष खुशीराम थारु, बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशक रवि तुलाधर लगायतले उक्त किट प्रभावितलाई वितरण गर्नुभयो । वितरण गरिएको डिगनिटी किट व्यागमा स्यानटरी कपडा ४ पिस, तल्लो भित्रि वस्त्र २ वटा, म्याक्सी १, टी शर्ट १, धोती सारी १, स्वेटर १, ऊनी सल १, तौलिया १, टर्च लाईट १, लुगा धुने साबुन १...
प्रधानन्यायाधिश विरुद्ध महाभियोग लगाउनु पर्छ–ईश्तियाक राई

प्रधानन्यायाधिश विरुद्ध महाभियोग लगाउनु पर्छ–ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जयसिंह महरा काठमाण्डौ, १८ कात्तिक । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईशितयाक राईले प्रधानन्यायाधीशले नैतिकताको आधारमा राजीनामा गर्न मान्नुभएन भने प्रतिपक्षले महाभियोगको प्रस्ताव संसद्मा ल्याउनुपर्ने बताउनु भएको छ। उहाँले प्रधानन्यायाधीशले न्यायालयको मानमर्दन हुनेगरी आचरणविपरीत कार्य गर्नुभएको जनाउँदै प्रधानन्यायाधीश पदमा पुगेपछि जे पनि बार्गेनिङ गर्न पाइन्छ भन्ने भइरहेकोले त्यो असतनै गम्भीर विषय हो भन्नुभयो। यसले देशलाई नै खाडलमा पुर्‍याउँने हुँदा प्रधानन्यायाधिशले तुरुन्त राजीनामा दिनुपर्ने कुरामा पुर्वमन्त्री राईले जोड दिनुभयो । ‘प्रतिपक्षले महाभियोग प्रस्ताव ल्याएमा म व्यक्तिगत रूपमा संसद्मा त्यो प्रस्तावको पक्षमा मत जाहेर गर्छु । यस्तो आचरणविपरीत कामको पक्षमा उभिन्न । महाभियोग ल्याउनका लागि म व्यक्ति सांसद वा मेरो पार्टीले मात्रै पहल गरेर केही हुनेवाला...