१४ बैशाख २०८१, शुक्रबार

राजनीति

छाडा चौपायाले सडक अवरुद्ध पार्दा आवागमन गर्नेलाई सास्ती

छाडा चौपायाले सडक अवरुद्ध पार्दा आवागमन गर्नेलाई सास्ती

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १८ कात्तिक । घोडा, खच्चर, गाई लगायतका छाडा चौपायाले नेपालगञ्जका विभिन्न सडक र चोकमा बस्ने र जम्मा हुने गर्दा आवागमन गर्नेलाई निकै सास्ती भोग्नु परेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चर र गाईको समुहको बाक्लो उपस्थितिले सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्नेलाई समस्या भैरहेको छ । सहरको मुख्य चोक त्रिभुवन चोकमा सबैभन्दा बढी छाडा घोडा र खच्चरहरु जम्मा हुने गर्दा आवागमनमा पटक पटक अवरोध समेत हुने गरेको स्थानीय सम्पन्न पाण्डेले बताउनुभयो । उहाँले घोडा खच्चर पाल्नेहरुले दिनभरी आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक पटक यस्ता समस्या आउने गरेकोमा उनिहरुलाई कारवाही हुनुपर्ने माग गर्नुभयो । घोडा, खच्चर र गाई जस्ता चौपाया पाल्नेहरुले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनिहरुको विगविगी भएर दिसा पिसाबबाट दुर्गन्ध र फोहर बढ्ने तथा दुर्घटना...
आज लक्ष्मीपुजा गरेर दिपावली मनाईंदै, देउसी भैलो राती ८ बजेसम्म मात्र खेल्न पाइने

आज लक्ष्मीपुजा गरेर दिपावली मनाईंदै, देउसी भैलो राती ८ बजेसम्म मात्र खेल्न पाइने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १८ कात्तिक । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन विहिबारसाँझ लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमाली पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउन...
बँदेलको झुन्ड ठोक्किएपछि धावनमार्ग वरिपरिका झाडी फाँडन सुरू

बँदेलको झुन्ड ठोक्किएपछि धावनमार्ग वरिपरिका झाडी फाँडन सुरू

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १७ गते । सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज बिमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ । बिमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र घाँस रहेकोले त्यहाँ जंगली जनावरहरु आएर लुकेर बस्ने तथा बेला बेलामा जहाजसंग ठोक्किने गरेकोले बुधवारबाट झाडी काट्ने कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाउनुभयो । मंगलवार विहान नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सीता एयरको ‘ नाइन एन–एएचबी’ जहाजसँग तीन वटा बदेल एकैपटक ठोकिएका थिए । सो घट्नाबाट ठूलो दुर्घटना नभएपनि त्यस्तो घट्ना फेरि कुनै पनि बेला हुन सक्ने र ठूलो क्षति समेत हुन सक्ने हुँदा धावन मार्ग वरिपरि बढेको झाडी र बुट्यान हटाउने कार्य शुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो । विमानस्थलको धावनमार्ग वरिपरिको झाडी र बुट्यान हटाउ...
दुई लाख रुपियाँको अवैध पटाका बरामद गरी नष्ट गरियो

दुई लाख रुपियाँको अवैध पटाका बरामद गरी नष्ट गरियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ कात्तिक । दिपावली र तिहारका लागि ठुलो परिमाणमा विष्फोटक पदार्थ भारतबाट भित्रिएको पाईएको छ । त्यस्तो पदार्थ भित्रिने आशंकामा स्थानीय प्रशासनले विष्फोटक पदार्थहरुको आयातमा प्रतिवन्ध लगाएपनि दुई लाख भन्दा ठुलो परिमाणमा विष्फोटक पदार्थ पटाकाहरु प्रहरीले बरामद गरेपछि ती पदार्थ भित्रि रहेको पुष्टि भएको छ । अबैध रुपमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ भित्रयाउने क्रममा जिल्ला प्रहरी बाँके तथा मातहतका प्रहरी ईकाईहरुले बरामद गरेको दुई लाख रुपियाँ भन्दा बढीको पटाकाहरु प्रहरीले मंगलवार अपरान्ह नष्ट गरेको छ । भारतबाट नेपालगञ्ज ल्याई रहेको बेला प्रहरीले नियन्त्रणमा लिएको दुई लाख बराबरको पटाकाहरु स्थानिय प्रतिनिधी र पत्रकार लगायतको रोहबरमा जिल्ला प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरीएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले स...
मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

राजनीति, शिक्षा
नेपालगञ्ज, कात्तिक १६ गते । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजनाको समिक्षा गर्नुका साथै आगामी दिनको योजना निर्माण गरिएको र सोही अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय अभियन्ताहरुलाई ट्याब्लेट लगायत समेत वितरण गरिएको बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । बाँके जिल्लाको चारवटा पालिका नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्ध सचेतना अभियानमा खटिएका २० जना युवा अभियन्ताहरुलाई मोबाईल ट्याब्लेट, टी शर्ट, कैप र रिस्ट व्याण्ड वितरण गरिएको उहाँले बताउनुभयो । सो वितरण कार्य बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्द...
सीता एयरको विमान बँदेलसंग ठाेक्कियाे, सबै यात्रु सकुशल

सीता एयरको विमान बँदेलसंग ठाेक्कियाे, सबै यात्रु सकुशल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १६ गते। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको 9N-AHB नम्बरको सिता एअरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् । बँदेल ठाेक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जाेगिएकाे छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् । नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बदेलको मासु धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो । अहिले विमानस्थलको धावन मार्गमा रहेको मासु पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक...
डुडुवा गाउँपालिकामा बालअधिकार समिति गठन

डुडुवा गाउँपालिकामा बालअधिकार समिति गठन

राजनीति
नेपालगञ्ज, १५ कात्तिक । बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर १ मा वडास्तरीय बालअधिकार समिति गठन गरिएको छ । बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो समिति गठन गरिएको हो । डुडुवा १ का वडा अध्यक्ष पाटेश्वर कुर्मीको संयोजकत्वमा गठन गरिएको सो बालअधिकार समितिका सदस्यहरुमा शिव प्रसाद सापकोटा, कमल प्रसाद, कविता आचार्य, खिम बहादुर डाँगी, राजेन्द्र कुमार यादव, रीना नाउ, मायाराम रैदास, राधेश्याम सुनार, समाटा खटिक, पट्टे तेली र बाँके युनेस्को क्लबका गुलाम गौस रहनु भएको छ । समितिको क्षमता विकास गर्ने, मासिक बैठक आयोजना गर्ने तथा वडालाई बालविवाह मुक्त घोषणा गर्ने निर्णय पनि सोही अवसरमा गरिएको सक्रिय परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो । सो अवसरमा बोल्दै वडा नम्बर १ का अध्यक्ष तथा समितिका संयोजक कुर्मीले बाल संरक्...
अपराध र गैरकानुनी कार्य रोक्न लुम्बिनी प्रदेश सरकारले विशेष रणनिति र योजना बनाउँदै

अपराध र गैरकानुनी कार्य रोक्न लुम्बिनी प्रदेश सरकारले विशेष रणनिति र योजना बनाउँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ कात्तिक । लुम्बिीनी प्रदेशको शान्ति सुरक्षा, अपराधजन्य घटना न्युनिकरण र चोरी तस्करी नियन्त्रणकाालागि सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य तिलक शर्मा हिमाल प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा नियुक्त भएलगत्तै प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न विशेष रणनिति र योजना तयार पार्न उहाँले प्रदेश सुरक्षा समन्वय समीतिलाई निर्देशन दिनुभएको छ । उहाँले सो निर्देशन प्रदेश सुरक्षा समन्वय समीतिको वैठकमा दिनु भएको हो । मन्त्री शर्माको अध्यक्षतामा बसेको सो बैठकले प्रदेशको शान्ति सुरक्षा अपराध नियन्त्रण लागु औषध नियन्त्रण मानव वेच विखन र विपद वयस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ । समीतिले उक्त बैठकबाट आउदै गरेको तिहार, छठ लगायतका चाडपर्वको अव...
कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने

कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
मुना हमाल सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएको छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लाग्नु भएको हो । समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लाग्नु भएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनु भएको थियो । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लाग्नु भएको हो । एमाले विभाजन भए पछि तीनै जना नेकपा ९एकिकृत समाजबादी० मा हुनुहुन्छ । समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्...
नेपालगञ्ज, धार्मिक र सामाजिक सदभावको नमुना सहर

नेपालगञ्ज, धार्मिक र सामाजिक सदभावको नमुना सहर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, समाज
सिराज खान नेपालगञ्ज, १४ कात्तिक । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको नमुना मानिन्छ । केही वर्ष पहिले यस्तो अवस्था थिएन । तर, अहिले आएर यो सहरको धार्मिक, सामाजिक सदभाव धेरै ठाउँका लागि उदाहरण बन्ने गरेको छ । यो यस्तै र आफै भएको होइन । यसका लागि हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेका छन् । त्यसैले त अहिले यहाँ हरेक चाडपर्व र धार्मिक कार्यक्रमहरुमा सबै धर्मावलम्बी र समुदायको उल्लेख्य सहभागिता र सहयोग हुने गरेको छ । हरेक चाडपर्व आउनु भन्दा पहिले अन्तरधार्मिक सदभाव समितिको बैठकले स्थानीय प्रशासन र प्रहरीसंग संयुक्त रुपमा बसेर पर्वलाई सभ्य तथा भव्य बनाउन निर्णय गर्दै आएको छ । सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ई...