काँग्रेसको नगर अधिवेसन–तीनै जनाको आफु विजयी हुने दावी, विष्टको संभावना सबैभन्दा बढी
सिराज खान
नेपालगञ्ज, २ मंसिर । बिहिबार हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जना उम्मेदवार रहेपनि मुख्य प्रतिष्पर्धा दुई जनाविचनै हुने अधिकांश काँग्रेसका नेता कार्यकर्ताको आकलन छ ।
नगर सभापतिका लागि नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर, निवर्तमान सभापति प्रशान्त विष्ट र तरुण दल बाँकेका सचिव विनोद रिजालले उम्मेदवारी दिनु भएको छ ।
तीनै जना उम्मेदवार नगरका विभिन्न नेता कार्यकर्तामाझ अत्याधिक लोकप्रिय भएपनि मुख्य प्रतिष्पर्धा भने प्रशान्त विष्ट र उमा थापामगर विचनै हुने अधिकांश कार्यकर्ताले नेपालगञ्जपाटीलाई बताएका छन् । नेपालगञ्जपाटी डटकमले बुधवार नगरका विभिन्न क्षेत्रका मतदातासंग लिएको जानकारी अनुसार थापामगर र विष्टविच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएपनि विष्टको अवस्था बलियो रहेको र उहाँ विजय हुने संभावना अत्याधिक रहेको छ ।
रिजालले बढी मत तान्न...








