२६ बैशाख २०८१, बुधबार

राजनीति

एमसीसी पास गराउन नसकेपछि नेकपा विभाजन गराईयो–महरा

एमसीसी पास गराउन नसकेपछि नेकपा विभाजन गराईयो–महरा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नतो तथा प्रतिनिधिसभाका पुर्व सभामुख कृष्ण बहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा एमालेका अध्यक्ष केपी वलीले नेकपा बिभाजन गराएको बताउनु भएको छ । आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महराले वलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन खोजेको आरोप लगाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसिसि पास हुन नसकेको बताउँदै पुर्व सभामुख महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबि गर्नुभयो । उहाँले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने बताउनुभयो । एमसिसि पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेशी प्रतिक्रियावादिको चलखेल हुनसक्ने नेता महराको भनाई छ । उहाँले आगामी निर्वाचनसम्म वर्तम...
पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा आज बाँके जिल्लामा आउँदै हुनुहुन्छ । वाईसिएल बाँकेले कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन नेकपाका प्रवक्ता महरा आउनु हुने जनाईएको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलका अनुसार सो कार्यक्रमका साथसाथै प्रवक्ता महराले जिल्लाका अगुवा कार्यकर्ताहरुसंग पनि भेटघाट र छलफल गर्नु हुनेछ । कार्यक्रम कोहलपुरस्थित सहीद स्मृति सभागृहमा दिउँसो १ बजे राखिएको उहाँले बताउनुभयो । महाधिवेसनको तयारीमा जुटेको नेकपाको अहिले विभिन्न स्थानीय अधिवेसनहरुको तयारी भैरहेको बेला पार्टीका प्रवक्ता तथा नेताको भ्रमणले कार्यकर्तामा उत्साह थप्ने नेकपा बाँकेका इन्चार्ज तथा पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीले बताउनुभयो । ...
चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । कोहलपुर प्रहरीले फेरी चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई शुक्रवार राती पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको डीएसपी खनालले बताउनुभयो । उहाँले सो बारेमा थप अनुसन्धान भैरहेको पनि जनाउनुभयो ।...
जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, १३ कात्तिक । खुला सीमानाका कारण सीमापारी रुपैडिहाबाट दिनदिनै भित्रि रहेको लागु औषध ब्राउन सुगर भित्रिन नदिन हाल आएर जमुनाहा प्रहरीले विशेष निगरानी बढाएको छ । नेपाल भारत नाकास्थित जमुनाहा ईलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर सई मिन बहादुर विष्ट गएलगत्तै नाकामा लागु औषध भित्रिन नदिन कडाई शुरु गरिएको थियो । प्रहरीले गरेको कडाईकै कारण अहिले आएर दिनदिनै लागु औषध भित्रयाउनेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । सोही क्रममा जमुनाहा नाकामा चेकजाँचका क्रममा प्रहरीले दुई दिन अघिमात्रै १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोकालाई पक्राउ गरेको थियो । लागु औषध भित्रयाउन नयाँ नयाँ तरिका प्रयोग गर्दै आएकोमा आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्...
सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १३ कात्तिक । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको गृहमन्त्री खाणको ...
मधेश मानव अधिकार गृह बाँकेको अध्यक्ष बने पत्रकार ठाकुर

मधेश मानव अधिकार गृह बाँकेको अध्यक्ष बने पत्रकार ठाकुर

राजनीति
नेपालगञ्ज, १३ कात्तिक । पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृहको बाँके जिल्ला कार्य समिति गठन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह बाँकेको समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ । यसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ । मधेश मानव अधिकार गृह को आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।...
भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । भारतका विभिन्न ठुला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्किएका दुई लाख ५६ हजार भन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । कोरोनाको तेस्रो लहरको संभावनालाई मध्य नजर गरेर भारतका जोखिममा रहेका ठुला सहरहरुमा काम गरेर फर्किएका नेपालीहरुको स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिईएको छ । गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५६ हजार ९९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ती मध्ये ज्वरो र रुघाखोकी देखिएका ३९ हजार ६३३ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले परिक्षण गरिएका मध्येबाट ३९२ जनामा कोरोना पुष्टि भएको जनाउँदै ती मध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाईएको र जटिल अवस्थामा देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा ...
निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

राजनीति
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, १२ कात्तिक । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले प्रशिक्षणको उदघाटन गर्दै संविधानले प्रदान गरेको दायीत्वलाई पुरा गर्न निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुनीय र मितव्ययी बनाउने कार्यमा निरन्तर खटिएको बताउनुभयो । निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी निति २०७७ तर्जुमा गरि कार्यान्वयनमा ल्याईएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिहरुलाई बाँके जिल्ला निर्वाचन अधिकारी खुग प्रसाद सुवेदी, प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचनका बारेमा जानकारी गराउनु भएको थियो । निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमला र आयोगका शाखा अ...
अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...
आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि ‘यूएनएफसीसीसी’ को २६औँ सम्मेलन ‘कोप(२६’मा भाग लिन आज शुक्रबार बेलायत जाँदैहुनुहुन्छ । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लाग्नु भएको हो । कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहनु हुनेछ । प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत९नेपाल व्याप...