काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पुर्व प्रम भट्टराई
सिराज खान
नेपालगञ्ज, १० मंसिर । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघयि परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले काँग्रेस, एमाले र माओवादी लगायतका दलहरु देश र जनताको अपेक्षा पुरा गर्न असफल भएको बताउनु भएको छ । उहाँले ती दलहरु देश निर्माणको साटो आफै भ्रष्टाचार, पदलोलुपता र अनैतिक कार्यमा लागेकोले अब उनिहरुबाट नेपाली जनताले कुने पनि आशा गर्न नसक्ने दावी गर्नुभयो ।
शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले आफुलाई ठुला र प्रमुख ठान्ने दलहरु देश निर्माणमा असफल भएकोले अब जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बनेर उदाउने बताउनुभयो । उहाँले माओवादीले केही गर्छ कि भन्ने आशा जनतामा केही वर्ष पिहले पलाएको बताउँदै तर माओवादी पनि काँग्रेस र एमालेकै बाटोमा हिडेकोले सो पार्टीबाट पनि जनताको मोह भंग भैसकेको बताउनुभयो ।
विकास र समृ...









