गल्र्स टेक ओभर अभियान ः १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री
समाचारदाता
नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ ।
बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर अभियान अन्तर्गत कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो ।
उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथिहुने सबै खालको हिंसाको अन्त्य हुनुपर्ने माग गर्नुभयो । मन्त्रि बने पछी उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिनुभयो ।
शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयद्धारा भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिनु भएक...









