युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, कात्तिक २७ । बर्दियाको राजापुर नगरपालिका ८ भेरी माध्यामिक बिद्यालयमा नवनिर्मित अपांगमैत्री शौचालय र पुनः निर्माण गरिएका चार वटा कक्षा कोठालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
“सुरक्षा परियोजना” अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नवनिर्माण र पुनः निर्माण गरिएका शौचालय तथा चारवटा कक्षा कोठा भेरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा नवनिर्मित संरचना बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइराला र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममका मुख्यअतिथि तथा राजापुर–८ का वडा अध्यक्ष राजेश थारूले समावेशी र बालमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने यस महत्वपूर्ण सहयोगप...









