कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग
समाचारदाता
नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे ।
३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो।
स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्तापाता,...









