युनेस्को र प्लानद्धारा बर्दियाको तीन पालिकाका शिक्षक,अभिभावक र समुदायको अभिमूखिकरण
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउपालिकामा अभिभावक, शिक्षक तथा समुदायको सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत सो अभिमूखिकरण सम्पन्न गरेको हो ।
सो कार्यक्रममा मावि तथा आधारभुत विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभगीता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतमले प्रत्येक शिक्षकले आफ्नो विद्यालयमा ज्ञान र बुझाइको प्रभावकारी कार्यान्वयन गरेमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र बिद्यार्थिबिच समन्वय आवश्यक रहेको पनि बताउनुभयो ।
अभिमूखिकरणमा सहभागी यादवप्रसाद रेग्म...









