गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तिम चरणमा
१२ वडा मध्ये ११ वटा वडा बालविवाहमुक्त घोषित
समाचारदाता
नेपालगन्ज, मंसिर १५ । बर्दियाको गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाका वडाहरुलाई विभिन्न प्रक्रिया पुरा गरेर बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ९ र १० लाई पनि शुक्रवार बालविवाहमुक्त वडा घोषित गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको वडा नम्बर ९ र १० लाई पनि औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत हालसम्म नगरपालिकाका १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताउनुभयो ।
अब वडा नम्बर २ मात्र घोषित हुन...









