अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादन र गड्यौला मल उत्पादन तालिम शुरु
समाचारदाता
नेपालगन्ज, बैशाख २० । बाँके युनजेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत राजापुर र ठाकुरबाबा नगरपालिकामा एकैसाथ व्यावसायिक अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादनसम्बन्धी र गड्यौला मल उत्पादन सम्बन्धि तालिम सुरु गरिएको छ ।
व्यावसायिक अर्गानिक तरकारी खेती सम्बन्धि सिप किास तालिम र हस्तकला सामाग्री उत्पादनसम्बन्धी तालिम एक महिनासम्म चल्ने तथा गड्यौला मल उत्पादन तालिम १५ दिनसम्म चल्ने क्लबले जनाएको छ ।
अर्गानिक तरकारी खेती सम्बन्धि तालिममा आठ जना, हस्तकला सामाग्री उत्पादन तालिममा नौ जना र गड्यौला मल उत्पादन तालिममा १३ जना गरि १८ देखि २४ वर्ष उमेर समुहका ३० जना युवतीहरुको ती तालिममा सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमका सहभानगिहरुले हरित व्यापार र लघु उद्यममार्फत समाजमा सम्मानजनक जीव...









