बाँके युनेस्कोद्धारा ठाकुरद्धारामा पाँच दिने क्षमता विकास तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, चैत ३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम आयोजना गरिएको थियो ।
ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमह...









