राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक
समाचारदाता
बर्दिया, राजापुर साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठकमा सहयोग गरेको हो ।
राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो । बैठकमा मानव बेचबिखन नियन्त्रणकालागि सञ्चालन भइरहेका गतिविधिको समीक्षा गर्दै सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने तथा महिला, बालबालिका र अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि साझा कार्ययोजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले गर्नुभएको थियो । उहाँले सहभागीहरूलाई स्वा...








