बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न
समाचारदाता
नेपालगन्ज, माघ १७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ ।
बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका...









