ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित
समाचारदाता
नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ ।
सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बि...









