बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो ।
सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका...









