शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम
समाचारदाता
नेपालगन्ज, पुस ५ । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ ।
प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो ।
खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।
तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका क...









