देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी
डा.डक्टप्रसाद धिताल
नेपालगन्ज, २८ भदौ । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको विहिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको निधनको शोकमा नेपाल सरकारले विहिबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई ।
संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा ...









