नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित
सिराज खान
नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले ७० मतका साथ बिजय हासिल गर्नु भएको हो ।
अजिज किराना स्टोरका प्रोपराईटर मन्सुरी व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले अध्यक्ष रहनु भएका मन्सुरी नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।
त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान र जुझारु युवा व्यवसायी हुनुहुन्छ ।
मन्सुरीलाई विजयी गराउन न...









