प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो
समाचारदाता
नेपालगञ्ज, जेठ ३ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।
केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् ।
सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीक...









