मधुवन नगरपालिकामा ‘रियल प्लान रेमेडियल कक्षा–२०८२’ को संयुक्त अनुगमन
समाचारदाता
नेपालगन्ज, चैत ४ । बर्दियाको मधुवन नगरपालिकाले “रियल प्लान रेमेडियल कक्षा–२०८२” सम्बन्धी एक दिने संयुक्त अनुगमन तथा स्थलगत भ्रमण सम्पन्न गरेको छ ।
बाँके यूनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत शिक्षा शाखा मधुवन नगरपालिकाको आयोजनामा उक्त अनुगमन भ्रमण सम्पन्न गरिएको हो ।
अनुगमनको उद्देश्य रियल प्लानको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्नु, यसको प्रभाव तथा उपलब्धि मूल्याङ्कन गर्नुका साथै विद्यालयका विज्ञान प्रयोगशाला, प्रारम्भिक बाल विकास कक्षा तथा साङ्केतिक भाषाको अभ्यासजस्ता पक्षहरूको अवलोकन गर्नु रहेको मधुवन नगरपालिकाले जनाएको छ ।
यस पहलले नगरभित्रका सबै बालबालिकाको भर्ना र टिकाउ सुनिश्चित गर्दै समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको पनि जनाईएको छ ।
सो अनुगमन मधुवन...









