ताजा-अपडेट

बर्दियाका युवा महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला सम्पन्न

बर्दियाका युवा महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, जेठ ६ गते । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको “प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला गोष्ठी कार्यक्रम” मधुवन–१ मा सम्पन्न भएको छ । ग्रीन इकोनोमी परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारी तथा राजापुर नगरपालिका एवं ठाकुरबाबा नगरपालिकाको समन्वयमा सो कार्यशाला संचालन गरिएको हो । बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा महिला उद्यमीहरूले संचालन गरिरहेका हरित उद्यमहरूको प्रवद्र्धन, प्रदर्शन तथा सुदृढीकरण गर्नु रहेको थियो । सो कार्यक्रममार्फत उद्यमी, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, संवाद तथा स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाईएको छ । कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ५, ६, ८ र १० तथा ठा...
बालबालिकाको शैक्षिक गुणस्तर सुधारकालागि बर्दियामा ‘एक घर, एक रिडिङ कर्नर’ अभियान

बालबालिकाको शैक्षिक गुणस्तर सुधारकालागि बर्दियामा ‘एक घर, एक रिडिङ कर्नर’ अभियान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, ५ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत अभिभावकहरूलाई बाल संरक्षण, समग्र विकास तथा घरमा सिकाइमैत्री वातावरण निर्माण गर्न प्रेरित गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा पढ्ने बानीको विकास गर्नु, शैक्षिक उपलब्धि सुधार गर्नु, घर, विद्यालय तथा समुदायमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नु, अभिभावकलाई नियमित रूपमा बालबालिकाको अध्ययन अनुगमन गर्न प्रोत्साहित गर्नु तथा शिक्षकसँग समन्वय गरी बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी राख्न सहयोग पु¥याउनु रहेको छ । त्यसै...
बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना

बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना

ताजा-अपडेट, मनोरञ्जन, विविध, समाज
समाचारदाता नेपालगन्ज, ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् । “बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख ग...
नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहर...
एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, वैशाख २९ गते । बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी एक महिने व्यावसायिक सीप विकास तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । युवा महिलाहरूलाई आयआर्जन, स्वरोजगार तथा दिगो हरित जीविकोपार्जनका लागि व्यवहारिक ज्ञान, प्राविधिक सीप र उद्यमशीलता क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जना युवा महिलाको सहभागिता रहेको थियो । ठाकुरबाबा नगरपालिकामा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम वडा नम्बर २ का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद कँडेलको अध्यक्षता तथा उपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । का...
लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, २८ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने “लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन” सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । परियोजनाअन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो । तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक रहेको ब...
बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो । यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो । अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणमार्फत ...
राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताकालागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेसनल नेपालसंंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो । क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवद्र्धन गर्नु, स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो स्थानीय आर्थिक विकासलाई टेवा पु¥याउनु रहेको थियो । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको सो कार्य...
नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १२ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूकालागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो । क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्षता विकास गर्नु रहेको थियो । तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहको अध्यक्षत...
युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, ११ वैशाख ११ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सञ्चालन गरिरहेको ग्रिन एकोनोमि तथा रुपान्तरण र नवपर्वर्तनकालागि युवा शसक्तिकरण परियोजना अन्तर्गत सो कार्यशाला आयोजना गरेको हो । उक्त कार्यशालाको मुख्य उद्देश्य युवा महिलामुखी आर्थिक गतिविधिहरूलाई सशक्त बनाउँदै उनीहरूको आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनु, स्थानीय तह, निजी क्षेत्र र सहकारीबीच समन्वय अभिवृद्धि गर्नु, व्यवसायिक वातावरणका चुनौती र समाधान पहिचान गर्नु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्नु रहेको क्लबले जनाएको छ । कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका ...