गरेको बिकासका आधारमा मत दिन मन्त्री अथकको आग्रह, गठबन्धनप्रति जनसमर्थन बढ्दै
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।
विकासको एजेन्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज अथक र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूको चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेको प्रतिक्रिया दिए ।
माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका क...









