बाँके २ को प्रदेशसभाका दुबै सिटमा जसपा विजयी
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभ...









