बाँके २ बाट मन्त्री राईको मात्र नाम सिफारिश गरिएको छ–प्रदेश अध्यक्ष अशोक यादव
समाचारदाता
नेपालगञ्ज, असोज ४ । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईशितयाक राईको मात्र नाम सिफारिश गरिएको जानकारी गराउनु भएको छ । मन्त्री राई बाहेक अरुको पनि नाम सोही क्षेत्रबाट जसपाले सिफारिस गरेको भनि केही सञ्चार माध्यममा प्रशाशित भएपछि प्रदेश अध्यक्ष यादवले आफ्नो फेसबुक वाल मार्फत अरु कसैको पनि नाम सिफारिस नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।
उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ–पत्रकारिताको धर्म बिर्सेर आफुले बोल्दै नबोलेको कुरालाई ब्यंग्याएर समाचार लेख्ने साथीहरुलाई मेरो सुझाव पितपत्रकारिताम अल्झेर गलत प्रचारबाजी गर्न तर्फ नलागेकै राम्रो। समसुलहक राईको नाम सिफारिस भएको ब्यवहोरा सहितको समाचार सरासर गलत भएको सबैमा जानकारीको अनुरोध छ । प्रदेश समितिले केन्द्रीय समितिमा मोहम्मद...









