प्रायोजित बालिका प्रतिभा र अचर्ना बनिन् प्रहरि निरिक्षक तथा प्रधानाध्यापक
नेपालगन्ज, असोज ३१ । प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेरामाबि बेलुवाबज्या बिधालयको प्रधानाध्यापको भुमिका तथा प्रतिभा थारुले सोहि वडामा रहेको इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षकको भुमिका निर्वाह गरेका छन् ।
उक्त कार्यक्रममा इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इकाला प्रहरि कार्यालयको प्रमुख जस्तो गरिमामय पद हस्तान्तरण गर्न पाउनु यस इकाला प्रहरि कार्यलयको लागी खुसी तथा यसको अबसरकोरुपमा लिएको बताए ।
उनले यस इलाका भित्र हुने कु...









