व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग
सिराज खान
नेपालगञ्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघले संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको अनुसन्धान गर्न स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरिएको हो ।
धामीलाई २४ घण्टाभित्र रिहा गर्न र छानविन समिति बनाउन अल्टिमेटम दिंदै संघले त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ ।
राजस्व अनुसन्धान कार्यालयबाट आएको टोलीले स्टक मिलानको बहाना बनाएर मष्टा लक्ष्मी ट्रेड लिंकमा छापा मारेर विभिन्न दुख दिएपछि व्यवसायीले बोलाउँदा त्यहाँ पुग्नु भएका संघका प्रवक्ता धामीले राजस्वका कर्मचारीलाई जोगाउन खो...









