भेरी अस्पतालमा आउने विरामीले निशुल्क रगत पाउन थाले
समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालमा उपचार गराउन आएका विपन्न र गरिब बिरामीका आफन्तलाई रगतका लागि अबदेखि पैसा खर्च गर्नु नपर्ने भएको छ ।
चिकित्सकले रगत माग गरेको बेला उनिहरुले रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत पाउने भएका छन् ।
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आइतबारदेखि निशुल्क रगत वितरण शुरु गरिएको छ ।
यसअघि रगत आवश्यक परेको बेला सट्टा रगतका साथै शुल्क लिएर मात्र रगत दिने गरिएको थियो ।
प्रदेश सरकारको निति अनुसार रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतवारदेखि निशुल्क रगत वितरण शुरु गरिएको रेडक्रस सोसाईटी बाँकेले जनाएको छ ।
भेरी अस्पतालको प्रांगणमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको भवनमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बारबर्दिया १ बर्दियाका कालि...









