मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ ।
शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ ।
ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...









