विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्री प्रदर्शनी
समाचारदाता
नेपालगन्ज, असार ४ । बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्रीहरु प्रदर्शनी गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा गुलरियाको आयोजनामा सो प्रदर्शनी गरिएको हो ।
गुलरियास्थित बंगलामुखी माविमा आयोजना गरिएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए ।
विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो प्रदर्शनीमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगाम...









