१२ बैशाख २०८१, बुधबार

प्रविधि

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १९ । भारतको लखनउ शहरमा जोखिमपुर्ण बालश्रममा लागेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्दार गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपईडिहको सहकार्यमा समाजसेवी अन्सारीले लखनऊ गएर दुबै बालश्रमिक बालकहरुलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताउनुभयो। उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुबै बालकहरुलाई पुनर्स्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लग...
बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
६ महिनामा ९ करोड राजस्व संकलन, ठुलो परिमाणमा लागु औषध र चोरी तस्करीका सामान नियन्त्रणमा सिराज खान नेपालगञ्ज, माघ ४ गते । विभिन्न गैर कानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरीले वितेको ६ महिनामा गरेको प्रगति विवरण मंगलवार सार्वजनिक गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता डीएसपी मधुसुदन नयौपानेले ६ महिने उपलब्धीहरु पत्रकार समक्ष सार्वजनिक गर्नुभयो । गत ६ महिनाको अवधीमा बाँके प्रहरीले लागु औषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलंघन नियन्त्रण र गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । उहाँले गत ६ महिनाको अवधीमा जिल्लामा प्रहरीलाई हालसम्मकै...
प्रहरी हवल्दार र जवानहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालीम प्रदान

प्रहरी हवल्दार र जवानहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालीम प्रदान

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ३० । प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा सञ्चालन गरिएको अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ । विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत सो तालिम यही पुस २५ गतेबाट शुरु गरिएको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बाँके प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन नयौपाने रहनु भएको थियो । उहाँले यस्ता तालिमले अपराध अनुसन्धान र नियन्त्रणमा ठुलो सहयोग गर्ने जनाउँदै तालिममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न तालिम लिएकाहरुसंग आग्रह गर्नुभयो । अहिलेको युगमा हरेक क्षेत्रमा आएको परिवर्तन जस्तै अपराध र गैर कानुनी काम गर्ने तरिकामा पनि परिवर्तन आएकोले सो नियन्त्रणका लागि नयाँ र आधुनिक तरिकाको तालिम आवश्यक रहेको डीएसपी न्यौप...
बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो । विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे । उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो । अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपाल...
एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे  सात लाख रुपियाँ संकलन

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे सात लाख रुपियाँ संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ । देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ । संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ । सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो । हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...
वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो । उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दि...
नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

प्रविधि
काठमाण्डौ, ११ कात्तिक । नेपालमा चुनावी अभियान व्यवस्थापन ९इलेक्सन म्यानेजमेन्ट०को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो बिभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट एजेन्सी सुरु गरेको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा टेक्नोलोजिजका सीइयो तथा प्रिज्मा ग्रुपका अध्यक्ष राजेन्द्र चटौतले भने, करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट एजेन्सी सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो। छोटो समयमा जे जति काम गर्ने अवसर जुट्यो , हामीलाई त्यसले उर्जा थपेको छ। कल्पनानै नगरेका...