१५ बैशाख २०८१, शनिबार

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवन सीप विकास तालिम सम्पन्न

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवन सीप विकास तालिम सम्पन्न

समाचारदाता
नेपालगन्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाका १५ जना गरी कुल ३० जना युवतिहरुको सहभागिता रहेको थियो ।
बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी संचार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रित ज्ञान प्रदान गर्नु सो तालिमको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्वसहित आत्मरक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए । तालिमका प्रशिक्षक दिनेश चौधरी रहनु भएको थियो ।

तालिमका सहभागि बिना कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुंगले सयुंक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा सहभागिहरुको तर्फबाट बोल्दै उर्मिला चौधरीले जीवन सीप तालिमले सहभागिको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले यो तालिम निकै उपयोगी सावित भएको बताउनुभयो ।
उहाँले तालिमबाट युवतीहरु निकै हर्षित र उत्साहित रहेको तथा समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न हरित व्यापारमा लाग्ने प्रतिवद्धता जनाएको पनि बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजरहरु सञ्जिता रिजाल तथा कञ्चन दहितको पनि उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *