१५ बैशाख २०८१, शनिबार

समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

समाचारदाता
नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ ।
विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो ।
फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो ।
विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो ।

रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई यो पवित्र महिनामा अमेरिकामा बस्दै आउनु भएका समाजसेवी खानले साईकल उपलब्ध गराएर राम्रो काम गरेको बताउनु भयो ।
‘विद्यालय टाढा हुँदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुँच बढाउँछ’ उहाँको भनाई थियो । नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाहले बिपन्न छात्रछात्रालार्ई साईकल दिएर धेरै राम्रो काम गरेको बताउनु भयो । दूर दराजमा रहेका विद्यार्थीलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उहाँको भनाई थियो ।
अमेरिका बस्दै आउनु भएका खानले विद्यालयसम्म विपन्न किशोरीको पहुँच बढाएर शिक्षामा अग्रसर गर्न सहयोग गरेको बताउनु भयो । उहाँले यस्ता सहयोग निरन्तर जारी रहने जिकिर गर्नु भयो । साईकल पाएपछि किशोरीहरु निकै खुसी भएका थिए ।
साईकल वितरण कार्यक्रममा नरैनापुर गाँउपालिका १ का वडा अध्यक्ष इसाक जोलाह, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत, इन्जिनियर प्रविन श्रेष्ठ, नेपालगन्ज ४ का निर्वतमान वडा अध्यक्ष सफिक बेहना लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
यसअघि पनि समाजसेवी खानको सहयोगमा राप्तीसोनारी ७ मा रहेको शहिद दल बहादुर घर्तिमगर खेलमैदानमा मोटर र खानेपानी ट्यांकी सहित धारा जडान गरिएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *