१७ बैशाख २०८१, सोमबार

बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो ।
सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो ।

सोही सहयोगका कारण भुकम्पमा परेर तत्काल उपचारका लागि नेपालगन्ज भेरी अस्पतालमा पुरयाईएका घाइते, उनका आफन्त र स्वास्थ्यकर्मीलाई समेत निशुल्क खाना प्रदान गर्न सकिएको अनजी माता रसोइघरका संचालक जितेन्द्र कुमार सिंहले बताउनुभयो ।
उहाँले भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता करिब ७०० जनाले निशुल्क खानाको सेवा उपभोग गरिसकेको जनाउँदै अझै सो सेवा जारी रहेको बताउनुभयो । संचालक सिंहले अहिले सम्ममा रसोइलाई १ हजार ३० छाक खानाको सहयोग प्राप्त भइसकेको र थप सहयोगका लागि प्रयास चलिरहेको बताउनुभयो ।
भेरी अस्पतालको हाता भित्र रहेको सो रसोइघरले प्रति छाक ४० रुपियाँका दरले लगातार भेरी अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तलाई खानाको ब्यवस्थापन गर्दै आएको थियो, तर भुकम्पपिडत घाइते र कुरुवालाई भने गत पाँच दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ । खाना ब्यवस्थापनमा नेपालगन्जमा स्थानीय युवाहरुले स्वयमसेवकको भूमिका निभाइरहेका छन् ।
खानाका लागि सहयोग गर्ने दाताहरुलाई भेरी अस्पताल बिकास समिति र आपतकालीन कार्यसन्चालन केन्द्र बाँकेले धन्यवाद ज्ञापन गर्दै थप दाताहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *