१७ बैशाख २०८१, सोमबार

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो ।

सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो ।
एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ भन्न्ने मान्यता र भावना अनुरुप सो राहात जाजरकोट पुरयाईएको अध्यक्ष हलवाईले बताउनुभयो ।
नेपाल मुस्लिम समाज बाँकेले यसअघि कोरोनाको समयमा पनि धेरै पिडित र प्रभावितलाई ठुलो परिमाणमा बाँकेको नेपालगन्ज र सो वरिपरि घरघरमा पुगेर राहात वितरण गरेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *