२ जेष्ठ २०८१, बुधबार

पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

समाचारदाता
नेपालगन्ज, असोज २७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक गोमा ओली चौधरी लगायतले विभिन्न सुझाव सल्लाह दिनु भएको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनाले गर्दा बालविवाह रोक्न ठुलो सहयोग मिलेको जनाउँदै निकै प्रभावकारी कार्यान्वयन गरिएको बताउनुभयो ।
कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बित्तिय तथा प्रशासन प्रमुख वेद प्रकाश शर्मा, कार्यक्रम संयोजक महेश नेपाली र बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो ।
पर्ल परियोजना सञ्चालन गर्दा उत्कृष्ट तरिकाले कार्य गरेको भन्दै प्लान नेपालले बाँके युनेस्को क्लबलाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले क्लबका प्रमुख संरक्षक सिद्दिकीलाई सो प्रशंसा पत्र प्रदान गर्नुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *