१७ बैशाख २०८१, सोमबार

२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

सिराज खान
नेपालगन्ज, माघ २ गते । भारतबाट हुने चोरी तस्करी लगायत विभिन्न अवैध गतिविधि नियन्त्रणका लागि सीमानामा खटिएको सशस्त्र प्रहरीले निरन्तर चोरी तस्करीका सामान बरामद गरेर नियन्त्रण अभियानलाई जारी राखेको छ ।
दैनिकजसो भारतबाट अवैध रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके र मातहतका युनिटहरुले पछिल्लो पटक फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र भारतीले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरीको बागेश्वरी गण र मातहतका युनिटहरुद्वारा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाइकल सहित मोटरसाईकल पार्टस, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख भन्दा बढीका सामानहरु बरामद गरिएको छ ।


उहाँले अवैध निकासी पैठारी नियन्त्रण गर्न खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेका १ लाख ४१ हजार ८० रुपियाँ बराबर मोटरसाईकलका पार्टसहरु र १ लाख ५० हजार बराबरको मोटरसाइकल, २ लाख ४२ हजार मूल्य बरावरका काँस तथा पित्तलका भाँडाहरु, १ लाख ७१ हजार मूल्य बरावरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र ५२ हजार मूल्य बरावरका लत्ताकपडासहितका अवैध मालवस्तु बरामद गरिएको बताउनुभयो ।
यसै गरी नं. ३० बागेश्वरी गणबाट खटिएको टोलीले बाँके जिल्लाको नरैनापुर गाउँपालिका ६ स्थित नन्कउपुर ईलाकामा भे १ च ३६१५ नं. को म्याजिक गाडीमा भारतबाट नेपाल ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको ८०० के.जी. अवैध ब्रोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको दश लाख मूल्य बराबरको गाडी सहित राप्तीसोनारी गापा– ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक भारतीले बताउनुभयो ।
उहाँले बरामद भएका सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहिको लागि नेपालगन्ज भन्सारमा बुझाईएको पनि बताउनुभयो । सशस्त्र प्रहरीको सक्रियताकै कारण दैनिक जसो ठुलो परिमाणमा तस्करीका सामान बरामद हुन थालेपछि तस्करहरुमा खैलाबैला मच्चिएको छ ।
नेपाल भारत सीमानाका नजिकका विभिन्न गाउँमा बस्ने स्थानीयले सशस्त्र प्रहरीको कडाईकै कारण चोरी तस्करी धेरै हदसम्म रोकिएको प्रतिक्रिया दिएका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *